२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित
अ अ+ अ-

सिरहा। सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । सिरहा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।

सिरहा नगरपालिकाको तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको छ । केही योजनाको सम्झौता हुन बाँकी छ । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित छन् ।

सिरहा नगरपालिकामा कार्यरत कर्मचारीले गत चैतमा जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त पदमा सिघ्र पदस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । नगरप्रमुख डा नवीन यादवले पटकपटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित तथा मौखिक जानकारी गराए पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कार्यालयको कामकाज ठप्प भएको बताउनुभयो । मन्त्रालयले कर्मचारी पठाएर सेवा सञ्चालन गरी समन्वय गरिदिनुपर्ने वा अहिलेकै अधिकृतलाई नै पदस्थापन गरी काम गर्न अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।

आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको र अगामी आर्थिक वर्षको बजेटको तयारी गर्ने समय भइसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणको सबै काम ठप्प भएका नगरप्रमुख यादवले बताउनुभयो । रासस