२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी



अ+ अ-

सप्तरी। मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ ।

सप्तरीको राजविराजस्थित खेल मैदानमा भएको पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबीच भएको खेलमा जनकपुरले दुहबीलाई एक सय ९८ रनले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा बलान बिहुलले काठमाडौँ रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।

पहिलो खेलमा टस जितेर दुहबीले जनकपुरलाई ब्याटिङ गर्न निम्तो दिएकामा जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर दई सय ३५ रनको योेगफल बनायो । यस टोलीका विशाल सुश्लिंगले विष्फोटक ब्याटिङ गर्दै ८० रन जोडे । यसैगरी अर्का ब्याटर मयन यादवले ६६, विशाल पटेलले ४७ र आदिल खानले २५ रन बनाए ।

बलिङतर्फ साजनकुमार दासले ३ विकेट, नवीन यादव र आयुष रौनियार १/१ विकेट लिए । जवाफमा दुई सय ३६ रनको लक्ष्य लिएका दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सक्यो । दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५/१५ रनबाहेक ७ जना ब्याटरले खाता खोल्न सकेनन् ।

दुहबीलाई सस्तोमा आउट गर्न विपीन खत्रीले किफायती बलिङ गर्दै ४ विकेट, प्रदीप पासवान तीन, विशाल पटेलले २ तथा तुलबहादुर मगरले १ विकेट लिए । प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ ।

यसैगरी आजै काठमाडौँ रोयल्स र बलान बिहुल सुपर किंगबीच भएको खेलमा टस जितेर काठमाडाँैले ब्याटिङ गर्दै १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ६५ रन बनायो । जसमा मिलन बोहराले ११ र रूपेश सिंहले १० रनबाहेक अरु कुनै खेलाडीहरूले दोहोेरो अङ्क पार गर्न सकेनन् ।

बलिङतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिङ गर्दै सामान्य ४÷४ विकेट हात पारेभने राशिद खान र विवेक यादवले १÷१ विकेट लिए । जवाफमा बलान बिहुल ७ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी भयो । जसमा ईमरान शेखले अविजित ३२ रन, लोकेश बमले १२ र विकास दासले ७ रन बनाए । बलिङतर्फ काठमाडाँैका नरेन साउदले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए । रासस