१६ असार २०८३, मंगलवार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रत्यक्ष विक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवासय गरे’



अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष विक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवासय गरेको विषयमा सचेत रहेको बताएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पिरामिड प्रकृतिको नेटवर्किङ व्यवसाय गर्नेगरी शंकास्पद गतिविधि गर्ने कम्पनीहरुलाई सचेत गराइएको बताउनु भएको हो । उहाँले त्यस्ता कम्पनीहरुलाई विभागले क्लिनचिट दिएको भन्ने विषयमा सत्यता नरहेको बताउनुभयो । प्रत्यक्ष विक्री (डाइरेक्ट सेलिङ) के हो भन्ने सम्बन्धमा इजाजत प्राप्त केही संस्था र स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुलाई जानकारी गराउने काम भएको महानिर्देशक सुवेदीले बताउनुभयो । उहाँले केही कम्पनीमाथि शंका लागेकाले सचेत गराइएको र फेरीपनि त्यस्तै हर्कद देखाए कारबाही गरिने बताउनुभयो । उहाँले कुनैपनि कम्पनीले वेबसाइट अथवा आधिकारीक कागजातमा पिरामिड शैलिबाट व्यवसाय गर्ने गरी राखेको पाइए कानून अनुसार कारबाही गरिने बताउनुभयो ।

कानूनी रुपमा आउनेलाई प्रोत्साहन गर्ने तर कानून विपरित गतिविधि गर्नेलाई कारबाही गरिने महानिर्देशक सुवेदीले बताउनुभयो । वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ भर्खरै कार्यन्वयनमा आएकाले वस्तुको प्रत्यक्ष विक्री गर्न इजाजत पाएका कम्पनीलाई विभागले मौजुदा कानूनको प्रावधान अनुसार काम गर्ने अनुमति दिएको बताउनुभयो । विभागका निर्देशक रविन्द्र आचार्यले केही कम्पनीले वेबसाइटमा नेटवर्किङसँग सम्बन्धित पिरामिण शैलिका सामग्रीहरु राखेको जानकारी आएपछि हटाउन निर्देशन दिइएको बताउनुभयो । उहाँले विभागका कुनैपनि कर्मचारीले बदमासी गरी इजाजत गरेको छ भने त्यो अक्षम्य भएकाले कारबाहीका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

विभागबाट प्रत्यक्ष वस्तु विक्री गर्न इजाजत लिएका केही कम्पनीहरुले मल्टी लेभल मार्केटिङ (एमएलएम) गर्ने कम्पनी भन्दै पिरामिड शैलिमा मार्केटिङ गरिरहेका छन् । नेपालमा नेटवर्किङ र मल्टी लेभल मार्केटिङलाई अवैधानिक मानिएको छ ।