२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु
अ अ+ अ-

काठमाडौं । नेपालको पर्यटन विकास र प्रवर्द्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्याउन नवीन गन्तव्यको प्रवद्र्धन गरी आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्ने उनीहरुको सुझाव छ ।

आइएचएम कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘पोलिसी कन्क्लेभ’ को प्यानल छलफलमा सहभागी पर्यटन विज्ञ एवं सिटीइभिटीका पूर्व सदस्यसचिव डा रामहरि लामिछानेले विदेशी पर्यटकलाई आकर्षण गर्न नेपालको आतिथ्य सेवालाई गुणस्तरीय बनाईनुपर्नेमा जोड दिनुभयो । उहाँले परम्परागत तौरतारिकाको पर्यटन प्रवद्र्धनले आजको समयमा सान्दर्भिक नहुने जनाउँदै डिजिटल प्रवद्र्धन र स्तरीय पर्यटकीय ‘प्याकेज’ घोषणा गरिनुपर्ने खाँचो औंल्याउनुभयो । पूर्व सदस्य सचिव डा लामिछानेले नेपालमा उत्पादित दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी सुनिश्चितताका लागि सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्का प्यानलिस्ट राससमा पर्यटन ‘विट’मा कलम चलाउने पत्रकार सिबी अधिकारीले नेपालमा विदेशी पर्यटक आगमन सुधार्न र उनीहरुको बसाई र खर्च लम्ब्याउन नीतिगत सुधारका साथै नयाँ पर्यटकीय उपजहरुको विकास गर्न जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय पूर्वाधारको भरपुर उपयोग गर्दै दिगो पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्छ ।  ”

हस्पिटालिटी गाइड्सका प्रमुख कार्यकारी अधिकृत सुराच प्रसाईले पर्यटन क्षेत्रका जल्दाबल्दा विषयलाई आगामी बजेटमा कसरी समेट्ने र विगतका कमजोरीलाई सच्याएर अगाडि बढ्ने सोचकासाथ कार्यक्रम गरिएको बताउनुभयो । दोस्रो शत्रको प्यानल छलफलमा सहभागी रमदा इन्कोर होटलका महाप्रबन्धक महेस फुँयालले आतिथ्य उद्योगको लगानी र उत्पादित जनशक्तिको उपयोगका लागि नीतिगत सुधार जरुरी भएको औंल्याउनुभयो ।

रोयल टुलिफ काठमाडौँ होटलका महाप्रबन्धक बलराम पाठकले होटल पूर्वाधारको लगानीको प्रतिफल सुनिश्चित गर्न र दक्ष जनशक्ति उत्पादनतर्फ सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सोल्टी होटलका ‘क्लस्टर ह्युमन रिसोर्स म्यानेजर’ खेम पौडेल, सोल्टकी लर्निङ डेभलपमेन्ट क्लस्टर डिरेक्टर’ डा रुपेश श्रेष्ठ, आइएचजी होटल ग्रुपका लर्निङ एन्ड क्वालिटी म्यानेजर भिलास खत्री, हस्पिटालिटी विज्ञ रविन्द्र सिंह, प्रनिसा ढुंगेललगायतले हस्पिटालिटी क्षेत्रमा देखिएका चुनौति र सरोकारपक्षका जिम्मेवारीका विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

सहभागीहरुले नेपालमा विदेशी पर्यटक आगमन बढाउन नीतिगत सुधारका साथै, गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चिता, हवाई भाडा सहज बनाउने, सडकसञ्जाललाई चुस्त दुरुस्त बनाउने र नयाँ गन्तव्यहरुको पहिचान र समयसापेक्ष प्रवद्र्धनजस्ता विषयमा ध्यान पुर्याइनुपर्नेमा जोड दिए । आगामी बजेटमा नीतिगत संशोन, पर्यटन क्षेत्रका मूल मुद्दा, उद्योगको प्रवर्द्धनका साथै राष्ट्रिय प्राथमिकताप्राप्त पर्यटकीय आयोजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । रासस