२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमा लगानी गर्न हिच्किचाउनुहुँदैन : सभामुख घिमिरे



अ+ अ-

कास्की। सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आज समापन समारोहमा उहाँले खेलकुदमा लगानी गर्न पुरानो पुस्ता हिच्किचाउने गरेको उल्लेख गर्नुभयो ।

“खेलकुदका नयाँ पूर्वाधार विकास र अधुरा काम छिटो पूरा गर्न सबैको ध्यान जानुपर्दछ । अहिले स्थानीय युवाको सक्रियता र सरकारको ध्यान पुग्दा केही काम भएका छन् । सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,” सभामुख घिमिरेले भन्नुभयो ।

खेलको माध्यमबाट सम्बन्ध विकास, युवाको सक्रियतालाई बढाउने, युवाको निराशा अन्त्य र प्रतिस्पर्धामा अगाडि बढ्दै अन्तरराष्ट्रिस्तरमा देशलाई चिनाउने काम गरेको उहाँको भनाइ छ । “नेपालले छोटो समयमै खेलकुदमा अन्तरराष्ट्रिय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । खेलको माध्यमबाट पर्यटन विकास र कूटनीतिक सम्बन्ध विकास भएको छ । युवालाई खेलकुदमा अघि बढाउँदै नेपाललाई विश्वव्यापी रुपमा खेलको आकर्षक देशमा चिनाउनुपर्दछ”, सभामुख घिमिरेले भन्नुभयो ।

राज्यले प्रतिभालाई नयाँ मञ्च स्थापना गर्दै भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एकेडेमीका अध्यक्ष धुव्र आचार्यले क्रिकेटको विकासका लागि आफ्नै टिम बनाउने बताउनुभयो । उहाँले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अन्य खेलाडीको छनोट गरिने जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्नेछौँ । उचित सेवा सुविधा खेलाडीलाई प्रदान गर्नेछौँ ।” प्रतियोगितामा कूल १६ टिमको सहभागिता रहेको थियो । रासस