२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता



अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन् । सी को उद्देश्य बेइजिङलाई ‘आधिपत्य होइन, भरपर्दो साझेदार’का रुपमा स्थापित गर्नु रहेको विश्लेषकहरूले बताएका छन्।

सी यसै साता दक्षिणपूर्वी एसियाको भ्रमणका लागि प्रस्थान गर्नुभएको थियो उहाँले यसअघि भियतनामको भ्रमण गरिसक्नुभएको छ । भने मलेसियापछि राष्ट्रपति सीले कम्बोडियाको पनि भ्रमण सामेल हुनेछ । बेइजिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दण्डात्मक कर प्रणालीको स्थिर विकल्पको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।

सीलाई मलेसियाका राजा सुल्तान इब्राहिमले बुधबार सुनौलो गुम्बज भएको इस्ताना दरबारमा रङ्गीचङ्गी समारोहबीच स्वागत गर्नुभएको थियो ।

राजासँगको वार्तापछि सीले प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री इब्राहिमले बुधबार नै क्वालालम्पुरबाहिर रहेको प्रशासनिक राजधानीका रूपमा चिनिने पुत्रजयामा राष्ट्रपति सीका लागि रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

मलेसियाली विदेश मन्त्रालयका अनुसार दुवै नेताले विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

मलाया विश्वविद्यालयको अन्तर्राष्ट्रिय तथा रणनीतिक अध्ययन विभागका एसोसिएट प्रोफेसर खु यिङ हुइले भन्नुभयो, “यो मित्रताको मात्र कुरा होइन, यो बेइजिङप्रतिको गुरुत्वाकर्षणको क्षेत्रीय केन्द्रलाई पुनः व्यवस्थित गर्ने विषय हो ।”

उहाँले एएफपीसँगको कुराकानीमा अमेरिकी व्यापार उपायहरूले विश्व बजारलाई अस्तव्यस्त बनाइरहेको बेला ‘क्षेत्रीय ऐक्यबद्धताका लागि जलक्षेत्र’ का लागि यो भ्रमण योजनाबद्ध कदम भएको बताउनुभयो ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० क्षेत्रीय समूहका सदस्यहरू अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएका छन्, यसले वासिङ्टनका मित्र र सहयोगीलाई समेत अलग गर्ने खतरा छ ।

मलेसिया यस वर्षको आसियानको अध्यक्ष हो ।

आसियान सदस्य भियतनामलाई ४६ प्रतिशत र कम्बोडियालाई ४९ प्रतिशत कर लगाइएको थियो भने ठूला पश्चिमा ब्रान्डका लागि सस्तो मूल्यमा कपडा उत्पादन गर्ने कम्बोडियामाथि ४९ प्रतिशत कर लगाइएको थियो ।

दक्षिणपूर्वी एसियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको मलेसियामा २४ प्रतिशत कर घटाइएको छ ।

अमेरिकी प्रशासनले चीनबाहेकका कतिपय मुलुकमा ९० दिनका लागि आधारभूत करबाहेकका कर वृद्धिलाई स्थगन गरिएको छ तर ट्रम्पले कुनै पनि देश ‘करको दायराबाट टाढा’ नरहेको बताउनुभएको छ ।

चीन र मलेसियाले गत वर्ष कूटनीतिक सम्बन्धको ५० औं वर्षगाँठ मनाएका थिए र बलियो व्यापारिक सम्बन्धको आनन्द उठाएका थिए । यद्यपि मलेसियाले दक्षिण चीन सागरको केही भागमाथि दाबी गरेको छ, बेइजिङले लगभग पूर्ण सार्वभौमिकताको दाबी गरेको छ।

चीन लगातार १६ वर्षदेखि मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ र दुई देशबीचको कुल व्यापारले गत वर्ष मलेसियाको विश्वव्यापी व्यापारको १६।८ प्रतिशत हिस्सा ओगटेको मलेसियाली विदेश मन्त्रालयले जनाएको छ ।

मलेसियाको ’द स्टार’ पत्रिकामा मङ्गलबार प्रकाशित लेखमा सीले संरक्षणवादविरुद्ध लड्न र विश्वव्यापी आपूर्ति शृङ्खलालाई स्थिर राख्न चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

“हामीले बहुपक्षीय व्यापार प्रणालीलाई कायम राख्नुपर्छ, विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलालाई स्थिर राख्नुपर्छ र खुलापन र सहयोगको अन्तर्राष्ट्रिय वातावरण कायम राख्नुपर्छ,” सीले भन्नुभयो ।