९ श्रावण २०८३, शनिबार
,
Latest
इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष उषा राउत मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा केन्द्रीय सदस्यहरू चन्द्रदेवी जोशी, रिता शाही, छाया सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, लिलाकुमारी नेपाल, राधा कुँवर र पार्वती आचार्य रहेका छन् ।

अध्यक्ष मिश्रमाथि हालसम्म विधानबमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको आरोप उनीहरुको छ ।

‘संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेका कारण पार्टी र नेपाल महिला संघको सुदूर उज्ज्वल भविष्यका निमित्त केन्द्रीय सदस्य पदबाट सामूहिक राजिनामा दिएका छौँ,’ राजीनामा पत्रमा लेखिएको छ ।

महिला संघमा २०७३ पछि महाधिवेशन हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले अध्यक्ष उमा रेग्मीलाई १४ औँ महाधिवेशनपछि पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ नेतृत्वविहीन बनेको थियो ।

महिला संघ नेतृत्वविहीन भएपछि देउवाले २०७९ साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई अध्यक्षमा मनोनित गरेका थिए । अहिले महिला संघमा ५३ सदस्यीय केन्द्रीय तदर्थ समिति रहेको छ ।