९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

रविन्द्र र धवलविरुद्ध मुद्दा नचलाइने, रिहा गर्न साइत कुर्दै सरकार

रविन्द्र र धवलविरुद्ध मुद्दा नचलाइने, रिहा गर्न साइत कुर्दै सरकार
अ अ+ अ-

काठमाडौं । गत चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराविरुद्ध सरकारले मुद्दा नचलाउने भएको छ । १५ गते नै पक्राउ परेका उनीहरुविरुद्ध अहिलेसम्म अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहे पनि अब रिहा गर्ने तयारी छ ।

काठमाडौं प्रहरी परिसरले मिश्र र जबराविरुद्ध अहिलेसम्म राज्यविरुद्ध र संगठित अपराधको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर थुनामा राख्दै अनुसन्धान गर्दै आएको छ । तर आन्तरिक तथा वाह्य दबाबका कारण अब उनीहरुलाई रिहा गर्न लागिएको हो । कहिले रिहा गर्ने भन्ने टुंगो भने लागि सकेको छैन ।

मिश्र र जबरा पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका उच्च अधिकारीहरुले प्रहरी हिरासतमै पुगेर उनीहरुसँग भेटसमेत गरिसकेका छन् । त्यति मात्र नभएर सुरक्षा निकायका प्रमुख र सत्तारुढ दलकै शीर्ष नेताहरुसमेत मिश्र र जबरासँग संवाद गरेको स्रोतले जनाएको छ ।

यो प्रकरणमा पक्राउ परेका दुर्गा प्रसाईंलाई भने कुनै पनि हालतमा नछाड्ने अडानमा सरकार देखिएको छ । प्रसाईविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ज्यान मार्ने उद्योगलगायतका विषयमा अनुसन्धान जारी छ । तर राप्रपाका दुई नेतालाई भने छाड्न राजनीतिक रुपमा आन्तरिक तथा वाह्य दबाब परेको छ । उनीहरुविरुद्ध अदालतमा अभियोग लैजाँदा पनि सरकारलाई प्रमाण जुटाउन सकस पर्ने देखिएको छ । अदालतबाट रिहा भइहाले उनीहरुको राजनीतिक हैसियतसमेत बढ्ने भएकाले सरकारले मुद्दा नै नलैजाने तयारी गरेको हो ।

‘दुई जना नेतालाई नयाँ वर्ष सुरु हुनु अघि नै रिहा गर्ने तयारी थियो, तर केही प्राविधिक कारणले ढिला भएको हो’ स्रोतले भन्यो, ‘अब केही दिनभित्रै सबै प्रक्रिया गरेर रिहा गरिने छ ।’ तीनकुने घटनामा पक्राउ परेका अन्यविरुद्ध भने मुद्दा चलाइने भएको छ ।

तीनकुने घटनामा पक्राउ परेका मिश्र र जबरालाई पटकपटक म्याद थप गरेर अहिलेसम्म प्रहरीले हिरासतमा राख्दै आएको छ । पछिल्लो पटक चैत २६ गते उनीहरुसँगै २० जनालाई १५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । यसरी म्याद थप गरिएकाहरुमा मिश्र र जबरासहित गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु पराजुली, धर्मगुरू बताउने पुस्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् । उनीहरुमाथि माथि राज्यविरूद्धको कसुरमा अनुसन्धान जारी छ ।

यस्तै अन्य ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई भने २० दिनको हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ ।

प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ । ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो । प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो ।

चैत १५ गते भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो । त्यस दिन २० जना गोली लागेर घाइते भएका थिए ।