२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै



अ+ अ-

पोर्चुगल। पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का (बिस्केट) जात्रा मनाउने भएका छन् ।

नेवाः खल पोर्चुगलको आयोजनामा मङ्गलबार राजधानी लिस्बनमा बिस्का जात्रा मनाउन लागिएको हो । खलले लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टको हलमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित भव्यताका साथ जात्रा (नखः) मनाउने खलका संयोजक अमृतरत्न शाक्यले जानकारी दिनुभयो ।

नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्ने उद्देश्यअनुरुप विदेशी भूमिमा समेत बिस्का जात्रा मनाउन लागिएको उहाँको भनाइ छ । नेवारी कला र संस्कृतिको माध्यममार्फत पोर्चुगलमा छरिएर रहेका नेवार समुदायलाई एकत्रित गर्न, आपसी मेलमिलाप, सहकार्य र भाइचारालाई थप प्रगाढ बनाउन जात्राको आयोजना गरिएको संयोजक शाक्यले बताउनुभयो ।

कार्यक्रममा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिनेछ, समयबजी, टीकाटाला, ध्वजा र सगुन ग्रहण तथा शुभकामना आदानप्रदानको कार्यक्रम तय भएको खलले जनाएको छ । त्यस अवसरमा नेपाली तथा नेवारी खानाका परिकारका साथै नेवारी कला र संस्कृति झल्कने सांस्कृतिक झलकहरू प्रस्तुत गरिने जनाइएको छ । रासस