९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै
अ अ+ अ-

मुस्ताङ। विसं २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् ।

यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको छ ।

कार्यालय प्रमुख उमेश पौडेलका अनुसार एक वर्षमा ७२ राष्ट्रका पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । सबैभन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा ३० जना पर्यटकले यहाँको भ्रमण गरेका छन् । अघिल्लो वर्ष विसं २०८० मा तीन हजार छ सय १३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।

त्यस अवधिमा सार्क राष्ट्रका ५२ र अन्य मुलुकका तीन हजार पाँच सय ६१ जनाले भ्रमण गरेका थिए । विसं २०८० को अनुपातमा विसं २०८१ मा पाँच सय १३ जना अर्थात् १२ दशमलव ६४ प्रतिशत बढी पर्यटक सङ्ख्या वृद्धि भएको एक्यापका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सडक यातायात सहज भएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको उहाँले बताउनुभयो । मुस्ताङ जिल्लामा भित्रिने कुल विदेशी पर्यटक सङ्ख्याको करिब चार प्रतिशत मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेको पौडेलले बनाउनुभयो ।

रु २७ करोडभन्दा बढी राजस्व सङ्कलन उपल्लो मुस्ताङबाट गत वर्ष पर्यटक रोयल्टी शुल्कवापत रु २७ करोड  २९ लाख राजस्व सङ्कलन भएको छ । चालु वर्षको विदेशी मुद्राको औसत नेपाली मुद्रा अनुमानमा सरकारले उक्त राजस्व सङ्कलन गरेको हो । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा सूचीकृत गरेको छ ।

सीमा क्षेत्रमा अवान्छित गतिविधि हुनसक्ने भन्दै सरकारले यस क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा राखेको हो । यसैकारण मुस्ताङ भित्रिएका सीमित पर्यटक मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमाथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा राखेको छ । तल्लो मुस्ताङका दुई गाउँपालिका, बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र कागबेनीसम्म पुग्नका लागि एक्यापले लिने प्रवेशआज्ञा शुल्कबाहेक अन्य शुल्क पर्यटकले बुझाउनुपर्दैन  तर, कागबेनीदेखि माथि उपल्लो मुस्ताङ जाने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिस्वरुप पाँच सय डलर शुल्क लिने गरेको छ ।

सरकारलाई शुल्क बुझाएर अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान छ । उपल्लो मुस्ताङको प्रवेश शुल्क महँगो भएकै कारण यहाँ विदेशी पर्यटकको उपस्थित न्यून भएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले यस क्षेत्रलाई निषेधित क्षेत्रको सूचीमा राख्दा पर्यटकीय हिसावले समस्या भएको बताउनुभयो । सरकारले विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेवापत उठाउने राजस्वको कम्तीमा यसबाट पर्यटन व्यवसायीलाई मार परेको उहाँले बताउनुभयो । “सीमा क्षेत्र हो, सुरक्षाको हिसाबले निषेधित क्षेत्रमा राखिनु गलत होइन तर निषेधित क्षेत्रले यहाँको पर्यटन चलायमान हुन सकिरहेको छैन, यसैकारण यहाँका युवा जति विदेशपलायन हुन थालेका छन्”, अध्यक्ष विष्टले भन्नुभयो ।

उपल्लो मुस्ताङको पृथक भूगोल, ऐतिहासिक धर्मसंस्कृति, सहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक यहाँ आउने गरेको छन् । यहाँ तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो पृथक धर्मसंस्कृति र परम्परा विद्यमान छ । लोमान्थाङमा साताँैै शताब्दीमा बनेको ऐतिहासिक लोमान्थाङ दरबार छ । त्यहाँका गुम्बा, माने, छोर्तेन पर्यटक आर्कषणका आधार हुन् । लोघेकर दामोदरकुण्डको मराङमा साताँैै शताब्दीमा निर्मित लोघेकर (घर) गुम्बा छ । उक्त गुम्बा गुरु पद्यसम्भवसँग सम्बन्धित छ ।

यहाँ पुगेपछि लुरी गुम्बा, चराङ गुम्बा, ढाक्मरमा रातो पहाड, छोसेर गुफा, चिउसी गुफा, मुस्ताङ गेट, विश्वकै अग्लो ठाउँमा रहेको गल्फ खेल मैदानलगायत दर्जनौँ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गर्र्न पाइन्छ । यहाँ बर्सेनि तिजी र यार्तुङ पर्वमा विदेशी पर्यटकको उपस्थित बढी हुने गरेको छ । रासस