१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन थपिए ५५ हजारभन्दा बढी कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५५ हजार ७९ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालय जानकारी दिएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको छ । 

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३५ हजार ७४७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७७९ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसको कारण महाराष्ट्र, तामिलनाडु र दिल्ली सबैभन्दा प्रभावित बनेका छन् ।