९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई

पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई
अ अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा पूर्वराजालाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गते राजावादीले तीनकुनेको गरेको हिंसात्मक घटनामा पूर्वराजा शाहको समेत भूमिका रहेको भन्दै संसदीय समितिमा बोलाएर बयान लिनुपर्ने बताएका थिए । तर संविधानविद्समेत रहेका वरिष्ठ अधिवक्ता भट्टराईले तीनकुने घटनाको सम्बन्धमा पूर्वराजालाई कारबाही नगरेकोमा सरकारलाई जवाफदेही बनाउनुपर्ने बताएका हुने ।

वरिष्ठ अधिवक्ता भट्टराईले आजै सांसद परियारसँग भेटेका थिए । त्यस क्रममा उनले तीनकुने घटनाको सम्बन्धमा पूर्वराजालाई कारबाही नगरेकोमा सरकारलाई जबाफदेही बनाउनुपर्ने बताएका हुन् ।

वरिष्ठ अधिवक्ता भट्टराईले पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्ने वा नमिल्नेबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

यसबारे आफ्नो विचारलाई उनले चार बुँदामा समेटेका छन् ।

१. उनी केवल नागरिक हुन्, संसद् नागरिकप्रति उत्तरदायी हुन्छ र सरकार जनताप्रति जवाफदेही हुन्छ ।

२. संसद्ले कार्यकारी अधिकार नभएको एउटा नागरिकलाई सिधै संसद्मा बोलाउन मिल्दैन, त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यातामा प्रश्न उठ्छ ।

३. कार्यकारी अधिकार सरकारमा भएको हुनाले त्यो वितण्डामा पूर्वराजाको संलग्नताको मात्राअनुसार करबाही गर्ने दायित्व सरकारको हो । किन कारबाही भएन भनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जवाफदेही बनाउन सक्छ ।

तर एउटा नागरिकलाई सीधै संसद्मा बोलाउन मिल्दैन । त्यसको एउटा अपवाद छ– संसद्को विशेषाधिकार हनन भएको र महाभियोगको प्रश्न उठेको अवस्थामा भने संसद्ले सर्वसाधारण नागरिकलाई पनि झिकाउन सक्छ ।

४. पूर्वराजालाई संसद्मा बोलाउने कुराले उनैको महत्व र गरिमा बढ्ने र उनी कार्याकारी अधिकार प्राप्त व्यक्ति हुन् भन्ने सन्देश सम्प्रेषण हुन्छ र यसले संसदीय व्यवस्थाको मूल्य–मान्यतामा समेत ह्रास आउँछ ।

तसर्थ उनलाई होइन, यो प्रकरणमा सरकारले उनलाई अहिलेसम्म किन कारबाही नगरेको भनेर सरकारलाई जवाफदेही बनाऔँ ।

संसदीय समितिमा त्यो विषय उठाउने सांसद जीवन परियारलाई जजस्ता निम्न स्तरका गालीगलौज गरिएको छ, त्यो निन्दनिय र खेदजनक छ ।

त्यस्तो गालीगलौजमा संग्नलाई भने संसदीय समितिले आफैँ छानबिन गरी आफैँ दण्ड, जरिवाना गर्न वा सरकारलाई निर्देशन दिन सक्छ ।

आजै बिहान माननीय जीवन परियारसँग भेट भयो र यो विषयमा विस्तृत कुराकानी पनि भएको छ । यो बहसमा सबैलाई स्वागत छ ।