२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन



अ+ अ-

काठमाडौँ। नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना मातहतका सबै कमिटीलाई सम्बन्धित प्रदेश/जिल्ला/पालिकामा बहुसङ्ख्यक जनताले भोगिरहेका मुख्य समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएको छ ।

पार्टी सङ्गठनलाई जनताप्रति जवाफदेही तथा थप उत्तरदायी बनाउन, समस्या समाधानका लागि पहल गर्न नेताहरूलाई जिम्मेवारी दिइएको हो ।  पछिल्लो समय राजनीतिक दलप्रति जनताको विश्वास र भरोसा घट्दै गइरहेको अवस्थामा सामाजिक, प्रशासनिक, राजनीतिक कार्यमा जनतालाई सुसूचित गर्दै सहजताका लागि विभिन्न समुदाय र वर्गका मुख्य समस्या समाधान गर्ने कार्यमा कमिटीलाई अग्रसर हुन भनिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश, जिल्ला, पालिकाले गरेका गलत निर्णय तथा ती निकायको विकासका लागि आवश्यक मुद्दाहरू कमिटीले उठाउने, त्यसलाई केन्द्रमा जानकारी गराउने र केन्द्रले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी समाधान खोजिनेछ ।

विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर पार्टीले जनतामाथि विभेद र शोषणका रूपहरू, सरकारी कार्यालयहरूमा भए/गरेका भ्रष्टाचारका रूपहरूको भण्डाफोर अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मागपत्र बुझाएको जनाइएको छ । रासस