२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीद्वारा स्थानीय समस्या समाधानमा केन्द्रित हुन निर्देशन



अ+ अ-

काठमाडौँ। नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना मातहतका सबै कमिटीलाई सम्बन्धित प्रदेश/जिल्ला/पालिकामा बहुसङ्ख्यक जनताले भोगिरहेका मुख्य समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएको छ ।

पार्टी सङ्गठनलाई जनताप्रति जवाफदेही तथा थप उत्तरदायी बनाउन, समस्या समाधानका लागि पहल गर्न नेताहरूलाई जिम्मेवारी दिइएको हो ।  पछिल्लो समय राजनीतिक दलप्रति जनताको विश्वास र भरोसा घट्दै गइरहेको अवस्थामा सामाजिक, प्रशासनिक, राजनीतिक कार्यमा जनतालाई सुसूचित गर्दै सहजताका लागि विभिन्न समुदाय र वर्गका मुख्य समस्या समाधान गर्ने कार्यमा कमिटीलाई अग्रसर हुन भनिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश, जिल्ला, पालिकाले गरेका गलत निर्णय तथा ती निकायको विकासका लागि आवश्यक मुद्दाहरू कमिटीले उठाउने, त्यसलाई केन्द्रमा जानकारी गराउने र केन्द्रले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी समाधान खोजिनेछ ।

विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर पार्टीले जनतामाथि विभेद र शोषणका रूपहरू, सरकारी कार्यालयहरूमा भए/गरेका भ्रष्टाचारका रूपहरूको भण्डाफोर अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मागपत्र बुझाएको जनाइएको छ । रासस