२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित
अ अ+ अ-

खोटाङ।  सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ ।

गत असोज १२ गते भीषण बाढीले बगाएको पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट सुनिश्चित भएको हो ।  खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र छिमेकी जिल्ला उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुनः निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिनुभयो

फोक्सिङटार पुल जिल्लावासीको दैनिक जीवनसँग जोडिएको छ । त्यसैले हामी सबैको पहलमा बजेट सुनिश्चित भएको छ । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य छ”, उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेकामा  बजेट सुनिश्चित भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिनुभयो । विपद् व्यवस्थापन कोषमार्फत आवश्यक बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “पुल निर्माणका लागि मन्त्रालयका तर्फबाट स्रोत सुनिश्चित गरेका छौँ । डिजान तथा टेन्डर आव्हानको काम सडक विभागले गर्छ । विभागलाई पत्राचार गरिसकेका छौँ । यसै आर्थिक आवश्यक काम अगाडि बढ्छ”, सचिव शर्माले भन्नुभयो ।

यो सडक पूर्वी तराईका विभिन्न सहर जाने र आउने छोटो दूरीको बाटो हो तर बाढीले फोक्सिङटारको पुल बगाएपछि वर्षायाममा दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद हुने अवस्था आएको छ । दिक्तेल–गाईघाट सडक (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएको थियो । त्यसपछि अस्थायी बेलिब्रिज जडान गरिएको छ । हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालन ल्याइएको हो ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले पुल बगाएका थियो । निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न गरिएको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बाढीले यहाँको पक्की पुल बगाएपछि जिल्लाको विकास निकै पछाडि धकेलिएको बताउनुभयो । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु यही पुल भएरै भित्र्याइन्थ्यो तर पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो । यो हाम्रा लागि दुःखको कुरा हो । अब चाँडै निर्माणका लागि राजनीतिक नेतृत्व र सबै सरोकार भएकाहरू गम्भीर बन्न आवश्यक छ”, उहाँले भन्नुभयो ।रासस