३ पुष २०८२, बिहीबार
,
Latest
चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङसँगको खेल रद्द भएपछि नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । जारी चार देशीय टी–२० सिरिजअन्तर्गत घरेलु टोली हङकङसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएपछि वर्षा भएर खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् ।

योसँगै नेपालले ३ खेलबाट ५ अंक जोडेर फाइनलको यात्रा तय गर्‍यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गरेको छ । ३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ फाइनलको दौडबाट बाहिरियो ।

अब नेपालले उपाधिका लागि आइतबार कुवेतसँग खेल्नेछ । हङकङ र कतारले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।