२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले निर्मम दमन गरेको भन्दै राप्रपाबाट मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गते तीनकुनेमा भएको घटनालाई लिएर राज्यले निर्मम दमन गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।

आज राप्रपाको प्रतिनिधिमण्डलले ललितपुरस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय पुगेर उक्त पत्र एशिया प्यासिफिक क्षेत्रका मानवअधिकार अधिकृत रघु मेननलाई हस्तान्तरण गरेको हो।

ध्यानाकर्षण पत्रमा चैत १५ गते राप्रपाले आयोजना गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग गरेको, र बिना कुनै कारण नेताहरुलाई गिरफ्तार गरी थुनामा राखिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। राप्रपाले यसलाई मानवअधिकार उल्लंघनको रुपमा व्याख्या गरेको छ।

प्रतिनिधिमण्डलमा राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङ, महामन्त्री शरदराज पाठक, र युवा केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो।

राप्रपाले यस्ता घटनाहरु दोहोरिन नदिन र पक्राउ परेका आफ्ना नेताहरूको यथाशीघ्र रिहाइको माग पनि गरेको छ। यसअघि पनि राप्रपाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू सार्वजनिक गर्दै आएको छ।