२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday
Latest
सुशासन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ निस्ट कपमा टीआईए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन मणिमुकुन्द मुकुन्दलाई उपाधि उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता महिलालाई अधिकारसहितको स्थान दिनेमा नेपाल अगाडिः सभापति देउवा महिला सशक्तिकरण सोच, व्यवहार र प्रश्तुतिमा देखिनुपर्छः परराष्ट्रमन्त्री लोकतन्त्रको नाममा राज्यका ढुकुटी सिध्याएर सरकारले नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकायो : प्रभु साह प्रेस चौतारीको उपत्यका अध्यक्षमा पौडेल सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित



अ+ अ-

सिन्धुपाल्चोक । विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ ।

उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताउनुभयो । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत् प्राधिकरणको ट्रसमा त्रिपालले बारेर बस्दै आएका छन् । बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी ७० रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको श्रेष्ठले जानकारी दिनुभयो । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन् ।

नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजनाले सोही बस्तीमुनि ड्याम र नहर बनाएपछि बस्ती भासिएको स्थानीय श्रेष्ठले जानकारी दिनुभयो । चार पुस्ताभन्दा बढी समयदेखि बसोबास गरेका बस्ती भासिएपछि स्थानीयवासीलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । २०७१ सालको भीषण जुरे पहिरोले पनि उक्त बस्ती जोखिममा परेको थियो । अहिले पनि बस्तीमाथि रहेको टेकानपुर–तौथली सडकको पानीको भेल ठेकेदारले ह्युमपाइप राखेर बस्तीमाथिबाटै झारिदिएपछि सो बस्ती झन् बढी जोखिममा रहेको स्थानीय शिवराम श्रेष्ठले दुखेसो गर्नुभयो । त्यसैगरी, ओरियन्ट म्याग्नेसाइडको रोप वे टावर ढल्न लाग्दा पनि उक्त बस्ती थप खतरामा परेको छ ।

नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय सबैलाई बस्ती उच्च जोखिममा रहेको जानकारी गराउँदा पनि बस्ती स्थानान्तरणका लागि चासो नदिएको स्थानीयले जनाएका छन् । सुरक्षित स्थानमा बस्न चाहेका तर कसैले सुरक्षित स्थानमा लगेर राख्ने काम नगरिदिएको स्थानीय राजकुमार श्रेष्ठले दुखेसो गर्नुभयो । बस्ती भासिनु र फाटिनुमा विद्युत् प्राधिकरणको ड्याम र नहर मुख्य कारण भएकोले बस्ती नै प्राधिकरणले अधिग्रहण गर्नुपर्ने स्थानीयले बताएका छन् । यसबारे सुनकोसी जलविद्युत् आयोजनाका प्रमुख गीरबहादुर केसीले भूगर्भविदहरूले उक्त बस्तीको अध्ययन गरेको जानकारी दिनुभएको छ ।, गोरखापत्रबाट