१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च
अ अ+ अ-

काठमाडौं । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्।

‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं।’

प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेको हो। गाडीधनी बाराका इल्ताफ हुसेन अन्सारी र भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन्। अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेको पाइएको छ।

गिरोहले योजनाबद्ध रूपमा चाँदीलाई सुन बनाएर ठग्ने योजना बनाएको देखिएको छ। उक्त गिरोहका सदस्य चाँदीमा जलप लगाइएको सुन भारतको राजस्थान लगी ठूला व्यापारीलाई ठग्ने योजनामा थिए।

देवान र उनका भाइ कौशलले जलप लगाउने जिम्मा लिएका थिए। देवानको सम्पर्क राजस्थानका सुन व्यापारीसँग रहेको अनुसन्धानबाट खुलेको छ। उक्त सूचना दरबारमार्ग वृत्तमा पुगेपछि कौशलले पुरानो चिनजानका प्रहरी जवान कठायतलाई आर्थिक प्रलोभनमा पारे। सुनको जलप लगाइएको चाँदीको एउटा ‘बिस्कुट’ दिई झोला फ्याँकेर उम्किएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। मनीष काम गर्ने सुन पसलमै चाँदीको ‘बिस्कुट’ किनेर सुनको जलप लगाउन पटेल समूहले ५२ लाख रुपैयाँ खर्चिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जवानद्वय कठायत र श्रेष्ठकोे योजनाबारे दरबारमार्गका तत्कालीन डीएसपी रञ्जन दाहाल अनभिज्ञ देखिन्छन्। दाहाल सुन्धारा पुग्नुअगावै कठायत त्यहाँ पुगेर सुनचाँदीको झोला लिएर गाडी उम्काएका थिए। दाहालले गाडी नम्बर उल्टो टिपाए पनि सीसीटीभी फुटेजका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीकै लापरबाहीले दुई मुख्य योजनाकार भाग्न सफल भएको अनुसन्धानले देखाएको छ। अपरेसन पूरा नहुँदै कनिष्ठ प्रहरीलाई विश्वास गर्दा दरबारमार्ग वृत्तका तत्कालीन डीएसपी दाहाल जिम्मेवारीबाट वञ्चित हुनु पर्‍यो। घटनास्थल परिवर्तन गरी नक्कली अपरेसनलाई जिम्मेवार प्रहरी अधिकृतले जस लिन खोजे। उपल्लो नेतृत्वले गल्ती ढाकछोप गर्दा फेरि प्रहरीप्रतिको जनविश्वासमा प्रश्न उब्जिएको छ।

तस्कर समूह गत मंगलबार बा।६च ५५१९ नम्बरको स्कर्पियोमा भागेको थियो। प्रहरी जवान श्रेष्ठले दिएको सूचना मूल्यांकन र विश्लेषण नगरी डीएसपी दाहाल एकैपटक किन चेक प्वाइन्ट राख्न हतारिए रु दाहाल त्यहाँनेर चुकेका देखिन्छन्। दाहाल गम्भीर भएका भए मंगलबारै सामान, गाडी र मान्छे एकै पटक समातिन सक्थे।

छानबिनमा संलग्न एक प्रहरी अधिकृतका अनुसार डीएसपी दाहालले यी कुरा बुझेर मातहतलाई सूचना रिले गरेको भए घटनाको सबै रहस्य एकै दिन खुल्थ्यो। उनी पनि जिम्मेवारीबाट मुक्त हुनुपर्ने अवस्था आउँदैनथ्यो। एसएसपी सुशील यादव नेतृत्वको छानबिन समितिले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेललाई प्रतिवेदन बुझाउँदै छ। प्रहरीले घटनालगत्तै १५ किलो सुन बरामद गरिएको जनाएको थियो। पछि जाँच गर्दा साढे १४ किलो चाँदी पुष्टि भएको थियो भने आधा किलो मात्रै सुन भेटिएको थियो।, अन्नपुर्ण पोष्टबाट