९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन

आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)ले देश लुटेर भाग्ने भगौडा दलालहरूको नाम सार्वजनिक गर्ने निर्णय सहित केन्द्रीय कमिटी विघटन गरेको छ । केन्द्रीय कमिटी विघटन गरी प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

काठमाडौं कोटेश्वरमा बसेको आजपा स्थायी कमिटी बैठकले महाधिवेशन कमिटी गठन गर्ने निर्णय गरेको हो । यस्तै तेस्रो जनआन्दोलनलाई सफल बनाउन जिल्ला, पालिकाहरुमा सर्वपक्षीय भेलाबाट जनआन्दोलन परिचालन कमिटी गठन गर्ने निर्णय बैठकले गरेको छ ।

‘पार्टी पदाधिकारी सहितको केन्द्रीय कमिटीलाई विघटन गर्दै अध्यक्ष प्रभु साहको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । महाधिवेशनसम्मका लागि विघटित पदाधिकारीहरू अब केन्द्रीय कार्यालय सदस्य हुने, स्थायी कमिटीका सदस्यहरू सचिवालय सदस्य हुने र केन्द्रीय सदस्यहरु स्वतः केन्द्रीय आयोजक सदस्यको रूपमा रहने निर्णय गरिएको छ,’ आजपा प्रवक्ता चन्द्रभुषण साहले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकले दलाल दलतन्त्र र नेताहरूको लुट–भ्रष्टाचारको भण्डाफोर गर्ने र देश लुटेर भागने भगौड़ा दलालहरूको नामावली सार्वजनिक गरी अवैध सम्पत्ति राज्यलाई बुझाउने निर्णय गरेको छ ।

‘भगौड़ा दलाल वर्गको पक्षपोषण गर्ने वर्तमान संवैधानिक व्यवस्था र नेताहरुको कुकर्मले आज जनतामा चरम निराशा, अविश्वास एवं आक्रोश बढ्दै गएको सन्दर्भमा मुलुकलाई सम्भाव्य दुर्घटनाबाट जोगाउन तत्काल दलाल दलतन्त्रविरुद्धको तेश्रो जनआन्दोलनलाई सफल तुल्याउनुको विकल्प नरहेको निष्कर्षसहित घोषित जनआन्दोलनको दोश्रो चरणको कार्यक्रमलाई निम्नानुसार अगाड़ी बढ़ाउने निर्णय गरेकोछ,’ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै बैठकले सिंहदरबार घेराउ गर्ने निर्णय समेत गरेको छ । गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न आउदो १५ जेठमा सिंहदरबार घेराउ गर्ने निर्णय भएको आजपा नेता बालकृष्ण सापकोटाले जनाएका छन् ।

‘आउदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको आवरणमा दलतन्त्र एवं नेतातन्त्रको अभ्यास गरिरहेका नेताहरुलाई सत्ताच्यूत गर्न सिंहदरबार घेराउ गर्ने तथा त्यसका लागि प्रत्येक जिल्ला तथा पालिकाहरूमा सर्वपक्षिय भेलाद्वारा जनआन्दोलन परिचालन समितिहरु गठन गर्ने निर्णय गरिएको छ,’ आजपाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

यस्तै बैठकले गत २४ गते काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, अनियमितता एवं लुट बिरुद्ध भएको तेस्रो जनआन्दोलन सभा एवं विरोधप्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ । बैठकले आन्दोलनका पछिल्लो कार्यक्रम सफल भएको र दोस्रो चरणको आन्दोलनका बिभिन्न कार्यक्रम तय गरेको छ । आन्दोलनका कार्यक्रममा साथसहयोग गर्नेलाई बैठकले धन्यवाद व्यक्त गरेको छ ।

यसैगरी काठमाडौं लगायतका स्थानहरुमा कबाड, सुकुम्बासी, गार्मेण्ट, खुद्रा व्यापारी, मजदुर लगायतका श्रमजीवीहरुको पक्षमा तथा महिला, मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू लगायतका सीमान्तकृत एवं अल्पसंख्यक शोषितउत्पीडित आम जनताको अधिकार, पहिचान र सम्मानका लागि जारी संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग आम जनता निर्णायक संघर्ष गरिरहेको सन्दर्भमा प्रतिक्रियावादी शक्तिहरुलाई उत्साहित गर्ने र नेतृत्वसंग विश्वासघात गरि पार्टी एवं आन्दोलनप्रति गद्दारी गर्ने उपेन्द्र साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।