२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको युवा टोलीलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाएर अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाए । यस्तै, रोशन विश्वकर्माले २८, नरेन भट्टले २२ रन जोडे । नेपालले अतिरिक्त २८ रन पायो ।

अफगानिस्तानका हफीज जाद्रनले ४ तथा अब्दुल अजिज र जैतुल्लाह शाहिनले २–२ विकेट लिए भने रोहुल्लाह अरब र महबुब खानले १–१ सफलता हात पारे ।

युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो । यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो ।

१९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।