९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

अछामको जयगढ बजारमा भीषण आगलागी, कयौं घर नष्ट

अछामको जयगढ बजारमा भीषण आगलागी, कयौं घर नष्ट
फोटो : सामाजिक सञ्जाल
अ अ+ अ-

काठमाडौं । अछामको जयगढ बजारमा ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा आजसाँझ एक पसलदेखि आगलागी सुरु भएको हो ।

जयगढको पुरानो बजारको धेरै घरहरु जलेर नष्ट भएका छन् । आगलागी अझै नियन्त्रणमा आएको छैन । बजारको मुख्य केन्द्रमा आगो फैलिएकाले स्थानीयमा बढी त्रास पैदा भएको छ । मंगलसेन नगरपालिकाको दमकल आगलागी भएको ठाउँमा आइपुगे पनि आगो निभाउन सकेको छैन ।

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो नियन्त्रण नभइसकेको अछाम प्रहरीले जनाएको छ । बजार जाने बाटो साँघुरो भएकाले दमकलले पनि आगो नियन्त्रणमा ल्याउन सकेको छैन । नियन्त्रणका लागि सबै प्रयासहरु भने जारी छ ।

बजारभित्रका करिब ८ घर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । एक घण्टा बढी समयसम्म आगलागी नियन्त्रण नभएपछि स्थानीय तहसँग आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउद र उनको परिवारमाथि आक्रमण गरेका छन् ।