३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक



अ+ अ-

काठमाडौँ । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ । सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले सामाजिक विषयका चलचित्र बढी निर्माण भएकाले प्रेम भाव व्यक्त गर्ने रोमान्टिक शैलीको गीत कम भएको आभाष भएको छ । यो गीत झैँ श्रव्यदृश्यले पनि भाव व्यक्त गरेको छ । श्रव्यदृश्य निर्माण समूहले निकै मेहनत गरेको छ ।”

प्रेमराज अधिकारीले लेख्नुभएको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायाङ्कन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिनुभयो । दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

“गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सक्दो कोसिस गरेका छौँ । दुईजना प्रेमिल जोडीको प्रेम र एकअर्काप्रतिको सम्मानलाई श्रव्यदृश्यमा देखाइएको छ । गीत नै गुनगुनाइरहने शैलीको निर्माण भएको छ”, निर्देशक खड्काले भन्नुभयो ।

अभिनेता श्रेष्ठले गीत मन परेर आफू श्रव्यदृश्यमा काम गर्न इच्छुक भएको बताउनुभयो । “म अहिले चलचित्रकै तयारीमा थिएँ, त्यही भएर पछिल्ला दिनमा निकै कम श्रव्यदृश्यमा काम गरेको छु । यो गीत मन परेर मैले काम गरेको हुँ, यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ”, उहाँले स्पष्ट गर्नुभयो ।

यसैगरी, नेपाली चलचित्र ‘दुई नम्बरी’ मा काम गर्नुभएकी भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसी प्राप्त हुने अनुभव सुनाउनुभयो । उहाँले चलचित्रपछि पहिलोपटक श्रव्यदृश्यमा काम गर्नुभएको हो ।

“म नेपालमा काम गर्न पाउँदा खुसी हुन्छु, यो समूहले निकै सहज र सरल रुपमा काम गर्ने वातावरण दियो । मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ, त्यही भएर म चलचित्रपछि पुन: काम गर्न आएकी हुँ । मेरो अन्य भूमिका पनि आउँदो वर्ष दर्शकले हेर्न पाउनेछन्”, उहाँले भन्नुभयो ।

ङागस्तो दोर्जी योञ्जनले निर्माण गर्नुभएको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायाङ्कन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गर्नुभएको छ ।