१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’
अ अ+ अ-

काठमाडौँ । सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णय गरेसँगै नेपाली आकाशमा चिनियाँ जहाजको उडानमा अहिलेलाई पूर्णविराम लागेको हो ।

आन्तरिक उडानमा पनि निगमलाई प्रतिस्पर्धी बनाउने र विकट क्षेत्रमा नियमित उडान गर्ने उद्देश्यसाथ २०७१ वैशाखमा निगमले चीनमै निर्मित ५६ सिट क्षमताका दुईवटा एमए ६० र १७ सिट क्षमताका चारवटा वाई १२ जहाज ल्याएको थियो । यसमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज निगमको अनुदानमा र बाँकी चारवटा जहाज चीनकै एक्जिम बैङ्कसँग ऋण लिएर निगमले साढे चार अर्ब रुपियाँमा खरिद गरेको थियो ।
पहिलोपटक २०७१ वैशाखमा चिनियाँ जहाज भित्रिएदेखि नै बारम्बारको प्राविधिक समस्या र आर्थिक भारका कारण निगमले यसको नियमित उडान गराउन भने सकेको थिएन । पछिल्लोपटक निगमले यी जहाज सञ्चालनबाट वार्षिक ३० करोड रुपियाँ घाटा बेहोर्नुपरेको निष्कर्ष निकाल्दै अबदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको हो ।

चिनियाँ जहाजको सामान्य प्राविधिक गडबडीमा पनि महँगो शुल्क तिर्नुपर्ने तथा बीमा शुल्क नै अन्य जहाजको तुलनामा महँगो हुँदा निगमलाई अतिरिक्त तर नियमित भार थपिएको थियो । त्यसमाथि चिनियाँ जहाज सञ्चालनका लागि पाइलट तयार गर्न समय लाग्दा लामो समय सञ्चालन गर्न नसक्ने अवस्थामा निगम पुगेको थियो । चिनियाँ जहाज सञ्चालन व्यवस्थापनमा संलग्न करारका कर्मचारीको आर्थिक व्ययभार पनि निगमलाई उत्तिकै थियो । यी जहाज सञ्चालनबाट विगत पाँच वर्षमा पनि नाफा नआएको अनुभवबाट सञ्चालनमा नल्याउने निर्णय गरिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । “संस्थालाई सधैँ घाटामै चलाउने भन्ने हुँदैन त्यसैले यस्तो निर्णय लिएका हौँ,” उहाँले भन्नुभयो ।

आन्तरिक उडानलाई जहाज छैन
निगमको आन्तरिक उडानलाई सबल बनाएर सेवामूलक रूपमा पनि उडान सञ्चालन गर्ने उद्देश्यका लागि ल्याइएका सबै चिनियाँ जहाज ग्राउन्डेड हुने भएपछि अब निगमसँग आन्तरिकतर्फ नियमित उडानका लागि जहाज अभाव हुनेछ । चिनियाँ जहाजबाहेक निगमसँग रहेका दुईवटा ट्विनअटर जहाजमार्फत निगमले आन्तरिक उडान गर्नुपर्ने छ ।

यद्यपि ४० वर्ष पुराना यी जहाजमा बारम्बार आउने प्राविधिक समस्याका कारण निगमलाई नियमित उडानमा भने समस्या हुने निश्चित नै छ । चिनियाँ जहाजको विकल्पमा निगमले आन्तरिक उडानका लागि जहाज खरिदको प्रस्ताव भने अघि बढाइसकेको कार्यकारी अध्यक्ष घिमिरे बताउनुहुन्छ । जहाज खरिद गर्ने सम्बन्धमा व्यावसायिक योजना तयार हुँदै छ, उहाँले भन्नुभयो “अब एक हप्ताजतिमा त्यो तयार होला । ”

जहाज व्यवस्थापन अन्योलमा
चिनियाँ जहाज सञ्चालनमा नल्याउने निर्णयपछि ती जहाजको व्यवस्थापनमा भने अन्योल देखिएको छ । निगम आफैँ ती जहाजको भविष्यबारे अनिश्चित देखिन्छ । पछिल्लोपटक निगमले चिनियाँ जहाजको व्यवस्थापन गर्ने सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय मागेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । मन्त्रालयको राय सुझावपछि मात्रै जहाज व्यवस्थापनको प्रक्रिया अघि बढाउने निगमको योजना छ ।

खर्च घटाउन कर्मचारी कटौती
कोभिड–१९ सङ्क्रमणका कारण उडान बन्द भएपछि आर्थिक रूपमा समस्यामा परेको निगमले चिनियाँ जहाज पनि ग्राउन्डेड गर्ने भएपछि त्यसबापतको चालू खर्च घटाउन कर्मचारी कटौतीको विकल्प रोजेको छ । त्यसैअनुरूप निगममा करारमा कार्यरत १४५ कर्मचारीको असारदेखि म्याद थप नगरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । यसबाट मात्रै निगमको मासिक करिब ४० लाख रुपियाँ बचत हुने देखिन्छ । निगममा ४७८ जना करार कर्मचारी कार्यरत थिए ।

चिनियाँ जहाज सञ्चालनमा संलग्न स्थायी कर्मचारीलाई भने निगमको अन्य सेवातर्फ उपयोग गरिने पनि उहाँले बताउनुभयो । चिनियाँ जहाजको उडान व्यवस्थापनमा अधिकांश करार कर्मचारी नै कार्यरत थिए ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।