३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

लोसपाका मधेस प्रदेश संसदीय दलको नेतामा राइन

लोसपाका मधेस प्रदेश संसदीय दलको नेतामा राइन
अ+ अ-

धनुषा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइन चयन हुनुभएको छ ।

पार्टीका संसदीय दलका नेता अभिराम शर्मा थमन विक हत्याको आरोपमा दोषी ठहर भएपछि रिक्त पदमा राइन आज चयन हुनुभएको हो । लोसपाका प्रदेशसभा सदस्य शर्मा थमन विक हत्याको आरोपमा अदालतबाट दोषी ठहर भएपछि मधेस प्रदेशसभाले उहाँलाई निलम्बन गरेको थियो ।

निलम्बनपछि पनि लोसपाले मधेस आन्दोलनका क्रममा भएका घटना अधिकारका लागि भएको आन्दोलन रहेकाले शर्मा निर्दोष रहेको दाबी गर्दै शर्मालाई संसदीय दलको नेताका रूपमा राखिरहेको थियो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई राइन मधेस प्रदेशको संसदीय दलका नेता रहेको जानकारी गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधनअनुसार मधेस प्रदेशसभामा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राइनलाई अर्को व्यवस्था नहुन्जेलसम्म मनोनयन गरिएको अध्यक्ष ठाकुरले लेख्नुभएको पत्रमा उल्लेख छ ।

त्यसैगरी, राइनले आजै प्रदेशसभामा यस विषयमा जानकारी गराउँदै संसदीय दलको नेताका रूपमा पदभारसमेत ग्रहण गर्नुभएको छ । रासस