२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’



अ+ अ-

कैलाली।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आज अत्तरियामा आयोजित १४औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सचिव भट्टले राजतन्त्रको अन्त्य भइसकेकाले अब राजतन्त्र जिउँदो भएर आउन नसक्ने बताउनुभयो । उहाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरीको समीक्षा गरेर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

सचिव भट्टले समस्याको समाधान संवाद र छलफलबाटै हुने उल्लेख गर्दै  इतिहासले यिनै उपायबाट समाधान निकालेको देखाएको बताउनुभयो । वर्तमान सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो । स्थानीय सरकारमार्फत पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सचिव भट्टले १५ दिन लाग्ने काम एक दिनमै सकिने अवस्था आएको बताउनुभयो ।

फास्ट ट्रयाक जस्ता ठूला परियोजनाले गति लिइरहेको जिकिर गर्दै सचिव भट्टले पञ्चायतकालमा भएका विकास निर्माण र अहिले भएका कामको तथ्याङ्कका आधारमा समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । रासस