२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौं–कप्तान रोहित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी ट्वान्टी श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी ट्वान्टी श्रृंखला खेल्दैछ । उक्त श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन् । सोही श्रृंखलाका लागि सोमवार भएको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहितले राम्रो क्रिकेट खेल्ने बताएका हुन् । सिद्धार्थ क्रिकेट मैदानमा राम्रो तयारी गरेको र त्यहाँ जुन उद्देश्यका साथ तयारी गर्न गएको त्यो पूरा पनि उनको भनाइ । उनले पछिल्ला समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका केही खेलाडीले कमब्याक पनि गरेको उल्लेख गरे ।

तयारी राम्रो हुनु र टिम पनि सन्तुलित रहेकाले हङकङमा राम्रो क्रिकेट खेल्नेमा उनी विश्वस्त छन् । हाल नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन् । कप्तान रोहितले टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लको कप्तानीमा पनि खेलिसकेकाले उनीसँग नयाँ भुमिकामा रहेर खेल्न धेरै उत्साहित रहेको पनि बताएका छन् । टी ट्वान्टी विश्वकपको एशियाली क्षेत्रको क्वालिफायर सेप्टेम्बरमा छ । त्यसका लागि चार देशीय यो श्रृंखला राम्रो तयारी बन्ने कप्तान रोहितको विश्वास छ । उनले टोलीको उद्देश्य नै आफ्नो उत्कृष्ट दिने र टिमलाई जित दिलाउनु हुने भएकाले सोहीअनुरूप हङकङमा खेल्ने बताएका छन् ।

उनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटपछि त्यति धेरै समय नभए पनि भर्खर प्रतियोगिता खेलेर आएकाले सहज भएको उल्लेख गरे । साथै पछिल्ला ५/६ दिनको क्याम्पमा प्रभावकारी तयारी गरेको विश्वास उनको छ । यो क्याम्पबाट आफ्नो टोलीले चाहेजति लक्ष्य प्राप्त गरेको उनले उल्लेख पनि गरेका छन् । कप्तान रोहितले तयारी र योजना हङकङमा गएर कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष रहेको बताएका छन् । अब विश्व लिग–२ पनि आफूहरूको लागि महत्वपूर्ण रहेको र हरेक फरम्याटमा एडजस्ट भएर खेल्ने कप्तान रोहितले बताएका छन् । समग्रमा सन् २०२३ र ०२४ को नेपाली क्रिकेटमा राम्रो नतिजा आएको र यो वर्ष पनि त्यसलाई निरन्तरता पाउने आशा व्यक्त गरे ।

नेपाली टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो टिमसँग भिजेर काम गर्न सहज भएको र त्यहीअनुरूप तयारी पनि प्रभावकारी भएको बताएका छन् । उनले टी ट्वान्टी क्वालिफायरका लागि अहिलेदेखि नै यसरी नै तयारी गरेर जाने हो भने लक्ष्य पूरा हुने आशा व्यक्त छन् । देशबाट खेलेर सोही टोलीको प्रशिक्षण गर्न पाउनु आफ्नो लागि गर्वको क्षण रहेको प्रशिक्षक ज्ञानेन्द्रको भनाइ छ । यो भुमिकाबाट आफू धेरै दबाबमा नरहेको उनी बताउँछन् । उनले यसलाई ठूलो जिम्मेवारीको रूपमा लिएर अगाडि बढ्ने उल्लेख गरे । सबै खेलाडी व्यावसायिक क्रिकेटमा राम्रो रहेकाले उनीहरूलाई सोहीअनुरूप मार्गनिर्देशन नै पर्याप्त हुने उनको बुझाइ छ । उनले नयाँ प्रशिक्षक स्टुआर्ट लले हालका लागि आफ्नो योजनाअनुरूप अगाडि बढ्न भनेको पनि उल्लेख गरेका छन् ।

सोमवार नै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले नेपाली टोलीको बिदाइ गरेका छन् । अप्रिल ९ देखि १३ सम्म हङकङमा श्रृंखला हुने तय छ । यस टी ट्वान्टी श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन् । नेपालले कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तय छ । लिगचरणमा शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।