१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाद्वारा अग्रज पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले नेपालका अग्रज पत्रकार, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ ।

रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यमा योगदान दिनुभएका दाहाल अहिले अमेरिका भ्रमणमा रहेका बेला उहाँसँग भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम अमेरिकाको भर्जिनिया मनासस शहरमा भएको थियो ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार एवं अग्रज पत्रकार, कान्तिपुर दैनिकका संस्थापक योगेश उपाध्यायले पुरुषोत्तम दाहालको पत्रकारिता इतिहासदेखि वर्तमानसम्मका बारेमा चर्चा गर्दै पत्रकारिताको क्षेत्रमा दिनुभएको योगदान कहिल्यै बिर्सिन नसकिने बताउनु भयो । पत्रकार एवं पुरुषोत्तम दाहालका पत्रकारिताका शिष्य गौतम दाहालले उहाँको पत्रकारिता जीवनको बारेमा चिनारीसहित आफ्ना मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पुरुषोत्तम दाहालका बारेमा बोल्दै आफ्नो रेडियो पत्रकारिता र छापा पत्रकारिताको पनि अग्रज अभिभावक भएको बताउनु भयो । सोही अवसरमा दाहालद्वारा लिखित कृति “शान्ता” पनि वितरण गरिएको थियो भने प्रा। डा। गोपी उप्रेतीको कृति प्रकृत्या सह जीवनम पनि सार्वजनिक गरिएको थियो ।