१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला

देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोईराला
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउनुभएको छ ।

आईतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गर्नुभयो । उहाँले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको बताउनु भयो ।

उहाँले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिनुभएको राजीनामाको बारेमा प्रसंग निकाल्दै उहाँले विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर प¥यो । मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु । विचौलियाहरु । हाम्रा नेतृत्वहरु विचौलियाहरुको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’

सांसद कोईरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्नेकुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गर्नुभएको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताउनु भयो । काँग्रेस—एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको बताउनु भयो ।

देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताउनु भयो । उहाँले त्यहाँ पनि विचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गर्नुभयो । राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताउनु भयो । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने बताउनु भयो । सुशासन दिन्छौँ भनेर सरकारले भनिरहे पनि औचित्य सावित हुन नसकेको बताउनु भयो । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उहाँको भनाइ छ ।

सांसद कोईरालाले भन्नुभयो, ‘संविधानमा सुधार गर्ने भनेका छौँ । संविधान पुनर्लेखन त भनेका छैनौँ । त्यसलाई हेरिदिने । केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो । आज नौ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ । के—केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ । गर्नैपर्छ । किनभने यो त प्रधानमन्त्रीजीले रोष्ट्रममा उभिएर बोलेको कुरा हो । यो मैले त्यसै भनेको कुरा होइन । नेपाली काँग्रेस र एमालेको सहमतिको डकुमेण्ट हो यो । दोस्रो कुरा छ, आर्थिक अवस्था एकदम नाजुक छ देशको । त्यसलाई सुधार गर्दै अघि लैजाने । सुधार गर्ने प्रक्रियाहरु अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो । हुन्छ की भन्ने आशा छ । कत्तिको हुन्छ हेरौँ । कि त्यहाँ पनि फेरि विचौलियाहरुकै खेल छ की रु र अहिले तपाईंहरुले हामी सबैले सुन्दैछौँ एउटा कुरा ।

हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको छ । अगर त्यो हो भने म त वार्न गर्दछु सरकारलाई । अगर त्यो हो भने नेपालको लागि दुर्भाग्य हुन्छ । सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरु कसैलाई पनि छैन । त्यसपछि उहाँहरुले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्युनिकरण गर्छौं भन्नुभयो । सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन ।

औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ । उपायहरु छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरुमा, नेतृत्वमा हुनुपर्छ । राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ । के नेपाललाई बनाउन सकिँदैन, नेपाललाई बनाउन सकिन्छ । अहिले युवाहरु पलायन भइरहेका छन् ।’

सांसद कोईरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताउनु भयो । उहाँले सबै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउन नसकिरहेको उल्लेख गर्नुभयो ।