१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो ।

“त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ”, प्रधानमन्त्रीले शुभकामनामा भन्नुभएको छ, “प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो । लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।”

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।