२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान भएको उल्लेख गर्नुभयो ।

उहाँले अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु रहेको बताउनु भयो । उहाँले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरु नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्नुभयो । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व भएको जिकिर गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान हुन् । अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु छन् । अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थल छन् । यि हाम्रो सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएका छन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो । त्यसैले बहुजाति भाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी छ ।’

राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना, जागरुकता र चासो आवश्यक रहेको बताउनु भयो । भावि सन्ततीका लागि सम्पदाहरु पूर्खा र इतिहासलाई बुझ्ने महत्वपूर्ण कडी भएको जिकिर गर्नुभयो ।