१२ श्रावण २०८३, मंगलवार
,
Latest
मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाको सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको छ । महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको योजना कामपा सहरी आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्न कार्यक्रमअन्तर्गत कामपाको शिक्षा विभागले ३१३ वटा बोर्ड जडान गरेको झाले भन्नुभयो ।

“प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, प्रविधि र उपकरण, मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि कामपाले लगानी बढाएको छ”, सदस्य झाले भन्नुभयो “विद्यालयमा स्मार्ट बोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ ।”

उहाँका अनुसार बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम पनि दिइएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब रु २० करोड विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिनुभयो ।

कक्षाकोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा रहेको छ । सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने हुँदैन । महानगरले हरेक शुक्रबार पुस्तकरहित कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षक तालिम, क्रियाकलापसम्बन्धी पाठ्यक्रम तर्जुमा, सिकाइ सामग्रीमा लगानी समेत गरेको छ ।

शिक्षण सिकाइलाई परियोजनामा आधारित, समूहगत कार्यमा आधारित, सहपाठीसँगको सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान सिर्जना हुने सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेलले बताउनुभयो ।

पुस्तकरहित शुक्रबारमा २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मान्ने गरीएको छ ।