१२ श्रावण २०८३, मंगलवार
,
Latest
मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी १० कारणले टुट्छ रोमान्टिक सम्बन्ध, कसरी टिकाइराख्ने ?



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । व्यस्त जीवनमा आएको एउटा परिवर्तन यो हो कि आजकल सम्बन्धहरु तिब्र गतिमा टुट्न थालेका छन् ।

संसारभर सम्बन्ध विच्छेदका घटना पनि तिव्र गतिमा बढिरहेका छन् । रोमान्टिक सम्बन्ध टुट्नुलाई अब ठूलो खबर पनि मानिएको छैन ।

तर किन यस्तो भइरहेको छ ? प्रेमी वा विवाहित दुई व्यक्ति किन यति सजिलै छुट्टिन्छन् ?

अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक सारा अल्गोले लामो अध्ययनपछि यसको केही कारण बताइन् । यिनलाई जोगाउन सकियो भने सम्बन्ध टुट्ने सम्भावना धेरै हदसम्म कम हुन सक्छ ।

सम्बन्ध टुट्नुका प्रमुख कारणहरुः
–धोका दिनु, सम्बन्धइतर सम्बन्ध राख्नु
–शारिरिक सम्बन्धमा कमि र क्वालिटी समयमा कमि
–सम्बन्धमा समयमै दृष्टिकोणको अभाव
भावनात्मक अपरिपक्वता र पार्टनरको ईर्ष्या
–एकअर्कालाई धन्यवाद भन्न नचाहनु
–सोँचबिनाको खर्च र आर्थिक चुनौति
–रक्सि वा कुनै प्रकारको लत
–रिसाउने बानी वा भावनामा बहकिएर निर्णय लिनु
–चिन्तित गराउने बानी
–परिवार र समाजको समर्थनको कमि

सम्बन्ध बलियो बनाउन यी कुरामा ध्यान दिनुहोस्ः
–हरेक अवस्थामा आफ्नो पार्टनरलाई प्राथमिकता दिनुहोस् ।
–सम्बन्ध बलियो बनाउन एक अर्कालाई सम्मान गर्नुहोस् ।
–बलियो बन्धनको लागि, आफ्नो पार्टनरको परिवारसँग पनि राम्रो सम्बन्ध राख्नुहोस् ।
–सम्बन्धमा अनावश्यक शंका नगर्नुहोस् ।
–आफ्नो प्रियजनको विश्वास कहिल्यै नतोड्नुहोस् ।
–आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउने प्रयास गर्नुहोस् ।
–सम्बन्धमा कम्युनिकेशन ग्याप नहोस् । एक अर्कासँग खुलेर कुरा गर्नुहोस् ।
–आर्थिक कारणले गर्दा झगडाबाट बच्न भविष्यको योजना बनाउनुहोस् ।
–राम्रो कामको लागि एकअर्कालाई कृतज्ञता व्यक्त गर्नुहोस् ।
–पार्टनरको मनोबल बढाउनुहोस् । यसले सम्बन्धलाई नयाँ उर्जा दिन्छ ।
–हरेक सम्बन्धमा झगडा हुन्छ, त्यसलाई नबढाउ, अन्त्य गर ।