२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल



अ+ अ-

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ ।

मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो ।

सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समावेश गर्न तथा सबै जिल्लालाई समान रूपमा कार्यक्रम वितरण गर्न सहभागीले सुझाव दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष मनाउन सबै जिल्लाबाट आएका सुझावलाई समेटेर कार्ययोजना निर्माण गरिने बताउनुभयो ।