१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित एक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

दार्चुला । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् । 
 
पुल खुला भएका समयमा  भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुन पुल सञ्चालनमा ल्याइएको थियो ।  पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीयवासीको पुलमा आवतजावत बढेको थियो । 

यसैबीच प्रहरीले  नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ । यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संलग्न रहेको अभियोग उनीमाथि लगाइएको छ । यसअघि प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताप वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो ।