२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती



अ+ अ-

काठमाडौँ । अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।

नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए । नेपाल र अफगानिस्तान यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास सिरिज खेल्न लागेका हुन् ।