२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पदयात्रा



अ+ अ-

काठमाडौँ । नेपाल प्राज्ञिक मञ्चले काठमाडौंमा पदयात्रा गरेको छ ।

बुधवार बिहान प्राज्ञिक मञ्चले काठमाडौंको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो ।

उनीहरुले गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै पदयात्रा गरेका हुन् । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । गत चैत्र १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई युवकको ज्यान गएको थियो ।

प्राज्ञिक मञ्चले नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पनि पदयात्रा गरेको जनाएको छ । प्राज्ञिक मञ्चको पदयात्रामा संस्कृतिविद् डा। जगमान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।