२७ मंसिर २०८२, शनिबार
,
Latest
विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आगामी बुधबारदेखि



फाइल फोटो
अ+ अ-

दाङ। प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा घोराहीमा मुख्यमन्त्री कप ‘प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता २०८१’ हुने भएको छ ।

यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरनदाज गौतमले जानकारी दिनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिता अन्तरराष्ट्रिय भलिबल महासङ्घको नियमानुसार खेलाइने उहाँले बताउनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

सहभागी टिममा १२ जना खेलाडी, एक जना टिम प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुने गरी कार्यविधि बनाइएको छ । सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने, खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण–पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको छ ।

आयोजकले खेल सञ्चालन हुने जिल्लाबाहेक अन्य जिल्लाका खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापकलाई यातायातवापत रकम उपलब्ध गराउने तथा सहभागी टिमलाई खाना तथा आवासको रकम उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद रु ६५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले बताउनुभयो । त्यसैगरी, तृतीय पुरस्कार नगद रु ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद रु १५ हजार प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै छ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

हालै अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको थियो । आयोजक प्रदेश खेलकुद परिषद्, लुम्बिनीले यसपछि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता चैत २५ बाट तथा फुटबल प्रतियोगिता चैत २७ गतेबाट गर्ने तयारी गरेको छ । रासस