९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय महिला इक्युवालिटी टी—२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि



अ+ अ-

मोरङ। चौथो संस्करणको ‘इक्युवालिटी कप टी २० क्रिकेट–२०२५’ प्रतियोगिता सोमबारदेखि विराटनरमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल क्रिकेट फाउन्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता विराटनगर–६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा हुने जानकारी दिइयो। फाउन्डेसनका संयोजक मन्दीप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टोलीहरू सहभागी हुनेछन् । चार टोलीहरूबीच लिगको आधारमा प्रतिस्पर्धा हुनेछ ।

सोमबार दुई खेल हुनेछ । पहिलो खेल इलाम र सप्तरीबीच हुनेछभने दोस्रो खेल मोरङ र सिरहाबीच हुनेछ । फाउन्डेसनले म्यारिलिबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रिजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत प्रतियोगिता आयोजना गर्दै आएको संयोजक साहले बताउनुभयो ।

फाउन्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुले नवप्रतिभा पहिचान तथा उत्पादनमा मद्दत गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना हुँदै आएको बताउनुभयो । यही प्रतियोगिता खेलेका सानु राजवंशी, निरु राजवंशी (काजल) र पूर्णिमा राजवंशीले अन्तरराष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय खेल्नसमक्ष भएको उहाँले उल्लेख गर्नुभयो ।

फाउन्डेसनले सानै उमेरका बालिका तथा युवतीहरूलाई क्रिकेटको प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा लिग चरणमा छ र फाइनलसहित सातवटा खेल हुनेछन् । रासस