१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० करोड वर्षमा भारतको पश्चिमी तट अफ्रिकामा ठोक्किने



अ+ अ-

नयाँ दिल्ली । हामीमुनिको टेक्टोनिक प्लेटहरूको सञ्चालनले सबै महाद्वीप निरन्तर चलिरहेका छन् । यी महाद्वीप विस्तारै तर निश्चितरूपमा एक गन्तव्यबाट अर्को गन्तव्यमा ट्रान्जिटमा छन्। अबको करिब २० करोड वर्षमा भारतले सोमालिया र मडागास्करलाई टुक्र्याउने नयाँ अध्ययनले देखाएको छ।

टाढाको भविष्यमा टेक्टोनिक प्लेटबीच हुने आन्दोलको भविष्यवाणी गर्ने सिमुलेशनका आधारमा वैज्ञानिकहरूले अरब सागरको अस्तित्व २० करोड वर्षमा समाप्त हुनेछ भनेर पत्ता लगाए। भारतको पश्चिमी तटरेखालाई सोमालियन पर्वतहरूले प्रतिस्थापन गर्नेछ। समुद्रबिना पनि मुम्बई राम्रो देखिने छ ।

भारतको आर्थिक राजधानी मुम्बई त्यतिबेला तथाकथित ‘सोमालिया पर्वत’ को फेदमा अवस्थित हुनेछ जसले सम्पूर्ण तटीय रेखालाई प्रतिस्थापन गर्नेछ।

मोगादिसु र मुम्बई अबको २० करोड वर्षमा लगभग छिमेकी बन्नेछन्। कोलकाता र मरिसस पनि एकअर्काको नजिक हुनेछन्।
हामीले अहिले थाहा पाएको श्रीलङ्का नयाँ भारतीय उपमहाद्वीपको हिस्सा बन्ने गरी हराउनेछ।

अमेरिकी जर्नल अफ साइन्समा युट्रेच युनिभर्सिटीका भूवैज्ञानिक प्रोफेसर डुवे भ्यान हिन्सबर्गनले शोधपत्र प्रकाशित गरेका हुन् । इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा भ्यान हिन्सबर्गनले दक्षिणपश्चिम भारतले त्रिवेन्द्रमदेखि कराँचीसम्म नै डिप्रेसन पाउने बताए ।

“सोमालिया समावेश भएको हर्न अफ अफ्रिकाले दक्षिणपश्चिम भारतलाई ओभरराइड वा बुलडोज गर्नेछ र यसले ठूलो पहाड बेल्ट बनाउनेछ”, उनले भने ।