२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएलः विशाखापट्टनममा दिल्लीसँग पहिलो जितको खोजिमा हैदरावाद



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनमा आज डबल हेडरको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । विशाखापट्टनममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३ः४५ बजेदेखि सुरु हुनेछ ।

आज दिल्लीले सिजनको दोस्रो खेल खेल्दैछ । टोलीले पहिलो खेलमा लखनउलाई पराजित गरेको थियो । यता, हैदरावादले भने आज तेस्रो खेल खेल्खैछ। टोलीले पहिलो खेलमा राजस्थानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

आज दुवै टोली तेस्रो पटक विशाखापट्टनममा भिड्दैछन् । यसअघि खेलेका दुवै खेल दिल्लीले जितेको थियो ।

आईपीएलमा हालसम्म दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच २४ खेल खेलिएका छन् । जसमा हैदरावादले १३ खेल जितेको छ भने दिल्लीले १० खेल जितेको छ । एक खेल भने नतिजाविहिन रह्यो ।

दिल्लीका आशुतोषले पछिल्लो खेलमा अविजित ६६ रन बनाए

पछिल्लो खेलमा दिल्लीका लागि आशुतोष शर्माले अविजित ६६ रनको इनिङ खेलेका थिए । उनी खेलको प्लेयर अफ द म्याच समेत बनेका थिए । टोलीमा फाफ डु प्लेसिस, अभिषेक पोरेल र ट्रिस्टन स्टब्स जस्ता उत्कृष्ट ब्याट्सम्यान छन् । मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा र मुकेश कुमारले बलिङलाई बलियो बनाइरहेका छन् ।

हैदरावादको ब्याटिङ बलियो

हैदरावादको ब्याटिङ सबै टोली मध्ये बलियो छ। टोलीका ब्याट्सम्यान गत सिजनदेखि नै उत्कृष्ट लयमा छन् । टोलीसँग ट्राभिस हेड, हेनरिक क्लासेन, अभिषेक शर्मा र इशान किशन जस्ता खतरनाक ब्याट्सम्यान छन्, जसले कुनै पनि टोलीको बलिङलाई ध्वस्त पार्न सक्छन्। इशानले यो सिजन आफ्नो पहिलो खेलमा शतक बनाएका थिए । टोलीमा सिमरजीत सिंह, हर्षल पटेल र मोहम्मद शामी जस्ता उत्कृष्ट बलर छन् ।

सम्भावित प्लेईङ–११ः

दिल्ली क्यापिटल्सः अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर(मगार्च, फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स, विप्रज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार, आशुतोष शर्मा।

सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शामी, एडम जाम्पा।