८ पुष २०८२, मंगलवार
,
Latest
नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइम्स बास्केटबल क्लब साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय बास्केटबल च्याम्पियनसिपको‌ विजेता टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ।

भारतको मद्रास स्थित जबहारलाल नेहरु इन्डोर स्टेडियम २१ देखि २५ गते सन्चालन हुनेछ । दक्षिण एसियाली राष्ट्रका नेपालसहित आयोजक , पाकिस्तान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानका लिग च्याम्पियन टोलीको सहभागिता रहनेछ। साबा क्लब च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको बताइएको छ।

टाइम्सले पहिलो खेलमा श्रीलंकाको कोलम्बो बिसीको सामना गर्नेछ। टोलीको सबै खर्च टाइम्स कलेजले बेहोर्ने बताइएको छ। टाइम्स टोलीका सदस्य एवम् राष्ट्रिय टोलीका कप्तान सधिश प्रधानले राष्ट्रिय च्याम्पियनसिपदेखि नै प्रशिक्षण गरेकाले तयारी सन्तोषजनक रहेको बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालको बास्केटबल विकासमा टाइम्सको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले टोलीको सफलताको लागि शुभकामना पनि दिए‌।

बास्केटबल संघका अध्यक्ष गुरुङ, महासचिव नरेन्द्र थापाले टाइम्स कलेजका बोर्ड अफ डाइरेक्टर सुजन अर्याल र विष्णु पाण्डे टाइम्स टोलीलाई बिदाइ गरेका थिए। टोली सोमवार भारत प्रस्थान गर्ने बताइएको छ।