२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अराजक गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइने: गृहमन्त्रालय



अ+ अ-

काठमाडौं – गृह मन्त्रालयले अमानवीय र अराजक गतिविधिबाट टाढा रहन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइने चेतावनी दिएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलन मार्फत कारबाहीको चेतावनी दिनुभएको हो ।

उहाँले हिंसात्मक प्रदर्शनको निन्दा गर्दे पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा संविधान विपरीत गतिविधि गर्दै हातहतियार सहित उपस्थित भई सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि आक्रमण गरेको जनाउनु भयो ।

शान्तिपूर्ण प्रदर्शनको अधिकार तर अराजक गतिविधि अस्वीकार्य भएको उल्लेख गर्दे मन्त्रालयले नागरिकको शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सम्मान गर्ने तर विधि विपरीत भएका गतिविधिहरू सह्य नहुने स्पष्ट पारेको छ। म

न्त्रालयले सार्वजनिक सम्पत्ति तोडफोड तथा सुरक्षाकर्मीमाथिको आक्रमणलाई गम्भीर रूपमा लिएको जनाएको छ।

लोकतान्त्रिक शासन व्यवस्थाको संरक्षण गर्ने प्रतिबद्धता विज्ञप्तिमा नेपाल सरकार विधिको शासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख छ। जातीय, धार्मिक वा अन्य कुनै बहानामा अशान्ति सिर्जना गर्ने तत्वहरूलाई कारबाही गरिने बताइएको छ।

गृह मन्त्रालयले सबै नागरिकलाई अमानवीय र अराजक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।