१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ पुग्यो



अ+ अ-

काठमाडौं । विरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति सवा एक बजे मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो ।

युवतीमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो। तर उनलाई अस्पतालले ब्रट डेथ घोषणा गर्यो।

मृत्युपछि युवतीको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालले जानकारी दिए। 

अहिले युवतीको शव अस्पतालमै राखिएको छ। शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ।

योसँगै वीरगन्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।