२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शनः कहाँ कहाँ हुँदैछ त सवारी डाइभर्ट?



अ+ अ-

काठमाडौँ । । काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् ।

दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेका हुन् ।

मोर्चाले पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको बिच सडकमा मञ्च तयार गरेका छन् । बिच सडकमा मञ्च तयार गरिएको कारण टुँडिखेल घुम्ने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्ट गरिएको छ ।

यस्तै, न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई रोक लगाइएको छ भने प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ । प्रहरीले माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने तयारी गरेको छ ।

यस्तै, राजावादीकोे तीनकुनेस्थित खुल्ला चौरमा हुने सभाको कारण सिनामंगल र कोटेश्वरबाट गाडीहरुलाई बागमती करिडोरतर्फबाट डाइभर्ट गरिएको छ ।

कोटेश्वर चोकमा प्रदर्शनको कारण सड्क अवरुद्ध नभएसम्म सवारी चल्न दिइने र त्यसपछि मात्रै डाइभर्ट गरिने टा्रफिक प्रहरीको योजना छ ।




भर्खरै