१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज समाजवादी मोर्चा र राजावादीको शक्ति प्रर्दशन



अ+ अ-

काठमाडौं । आज समाजवादी मोर्चा र राजावादीले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्देछन् ।

समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ। समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेका छन ।

राजावादीहरुको नेतृत्व नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको कमाण्डर भने दुर्गा प्रसाईं रहेका छन् ।

समाजवादी मोर्चाको र्‍याली काठमाडौँका ७ र ललितपुरको एक स्थानबाट सुरु हुनेछ। राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने स्थान तोकिएको छ ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिन दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

आजका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी परिचालन गर्न लागिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनाले जानकारी दिनुभयो ।