२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय न्यायिक आयोगसहित सशस्त्र द्वन्द पीडित संलग्न सङ्घसंस्थाले आज यहाँ आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलन’मा उहाँले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार न्याय दिने विषयमा एकमत भएको बताउनुभयो ।

“सत्य उजागर गरेर न्याय दिलाउन र पीडितलाई न्याय दिने विषयमा दलहरूबीच एकै मत रहेको छ,” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले भन्नुभयो, “शान्ति प्रक्रियाको मर्मअनुसार पीडितलाई न्याय र पीडकलाई सजाय दिने विषयमा हामी प्रष्ट छौँ ।”

उहाँले सङ्क्रमणकालीन दुवै आयोगमा पदाधिकारी छनोट गर्न सरकारले सिफारिस अघि बढाइसकेकाले पदाधिकारी विश्वसनीय र सक्षम भएमा द्वन्द्वपीडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलबीच सैद्धान्तिक रूपमा अन्य विषयमा विमति भएपनि शान्ति प्रक्रियालाई निष्कर्षमा पु(याउने विषयमा सबै दल एक भएको बताउनुभयो ।

उहाँले द्वन्द्वकालीन पुराना घटनालाई बिर्सिएर क्षमादान दिने विषय उठेको भएपनि पीडितलाई न्यायको अनुभूति नभएसम्म शान्तिप्रक्रिया सफल भएको मान्न नसकिने बताउनुभयो । “अहिले पनि दलबीच तमाम विवादित विषय छन्,” दाहालले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु(याउने विषयमा सबै दलको एक मत छ ।”

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तन भएपनि विस्तृत शान्ति सम्झौताअनुसार पीडितले न्याय पाउन ढिलाइ भएको बताउनुभयो । द्वन्द्व प्रभावित मुलुक भनेर रातो चिन्ह लगाएको हेर्न मन नभएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पु(याउनुपर्नेमा जोड दिनुभयो ।

द्वन्द्व पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले शान्ति प्रक्रियाको काम पूरा गर्न सबै राजनीतिक दलको ध्यान जानुपर्ने र पदाधिकारी छनोट प्रक्रिया पारदर्शी, स्वतन्त्र हुनुपर्ने माग गर्नुभयो ।

अन्तरराष्ट्रिय न्यायिक आयोगका वरिष्ठ कानुनी सल्लाहकार मन्दिरा शर्माले विश्वसनीय आयोग गठन गरी पीडितलाई न्याय दिनुपर्ने र संशोधित कानुनमा नसमेटिएका विषय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो ।

सरकारले दुई आयोगमा पदाधिकारी छनोट गर्न यही चैत १२ गते पुरानै सिफारिस समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि, सिफारिस समितिले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोट गर्न नसकेपछि कानुनअनुसार स्वतः निष्क्रिय भएको थियो ।

दुई महिनाभित्र सिफारिस समितिले काम पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले दुवै आयोग पदाधिकारी विहीन छन् । सम्मेलनमा देशभरका १६० द्वन्द्वपीडितको सहभागिता छ । रासस