१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार

राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल

राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरुको अहिलेको बाटो त्यस्तै भएको जिकिर गर्नुभयो । उहाँले राजावादीहरुले अगाडि सारेको पश्चगामी मुद्दाहरु सफल हुन नसक्ने बताउनु भयो । आगामी दिनहरुमा राजावादीहरु अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उहाँले त्यस्ता गतिविधिमा लाग्नेहरुलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी विगतमा माओवादीहरुले शहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरु त्यसैगरी सपना देख्दै छन् । देशभरीका आफ्ना समर्थकहरुलाई भेला गरेर उनीहरु भन्दैछन् जनता त अब राजसंस्थाको पुनःस्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन् ।

उनीहरुले जुन प्रकारको बाटो अवलम्वन गरेका छन् त्यो बाटो हिजो माओवादी केन्द्रले अविलम्बन गरेको बाटो नै हो, जसलाई हामीले असफल बनाएका थियौँ, राजावादीहरु त्यही बाटो अविलम्बन गर्दैछन् । त्यो पनि पश्चगामी एजेण्डाका साथ, त्यो बाटो सफल हुन सक्दैन भन्ने कुराको सच्याइलाई तपाई हामी सबैले बुझ्नु जरुरी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु । त्यसअर्थमा, स्वभाविक रुपले अबका दिनहरुमा राजावादीहरुका अवाञ्छित क्रियाकलापहरुलाई कानूनको सीमाभित्र, वैधानिकताको सीमाभित्र आउनका लागि बाध्य पार्ने तरिकाहरु अविलम्बन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अराजकताका विरुद्धमा पार्टी र लोकतन्त्रको रक्षाका लागि, गणतन्त्रको रक्षाका लागि फेरि युवाहरु एकपटक जुरमुराएर तात्नु पर्ने अवस्था छ भन्ने कुरा राख्न चाहन्छु र त्यही उद्देश्यका साथ स्वंसेवकहरुको राष्ट्रिय भेला भएको कुरा तपाईहरुबीच राख्न चाहन्छु ।’

महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन एमालेले मूख्य भुमिका खेलेको जिकिर गर्नुभयो । उहाँले राजसंस्था पुनःस्थापना गर्ने राजावादीहरुको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।