
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरुलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिनुभएको छ ।
बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नयाँ राजनीतिक दलहरु सिक्दै अघि बढिरहेको पनि बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्वहरुको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरुलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गर्नुभयो । नयाँ राजनीतिक दलहरुलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरुको पक्षपोषणमा लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दैछन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरुलाई पनि मेरो सुझाव छ । ति हतियार उठेर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएर, कति मान्छे मारेर, विध्वंस मच्चाएर थाकेका, थकित तत्वहरुको पसिना पुछ्न किन जानुप¥यो रु आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरुले गरेनन्, ७० वर्षको बुढो भयो अरे नेता, ८८ वर्षका खोज्न जान्छन् । सबैभन्दा थोत्रो, सामन्तवादी प्रणाली पुनःस्थापित गर्छु भन्छन्, नयाँ भनेर उच्चारण गर्दछन् । नयाँ । राजतन्त्र नयाँ हुन्छ । यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने यो भएन, त्यो भएन भन्ने । मुखिया तन्त्रमा फर्किन खोज्ने । राजतन्त्र भनेको मुखियातन्त्र हो ।’
प्रधानमन्त्री ओलीले आफूहरु धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिनुभयो ।