
काठमाडौं । विपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयको उठेर विरोध जनाएका हुन् ।
कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने उनीहरुको अडान छ ।
विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेका थिए । विपक्षी दलको अवरोधका कारण ३० मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।