१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन सोमबार सम्म कुलमानको प्रयास



अ+ अ-

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन सोमबारसम्म प्रयास गर्नुभएको थियो ।

घिसिङले सोमबार विद्युत् निमयन आयोगलाई पत्र पठाउदै उद्योगमा बिजुली कटौती गरेर भए पनि बक्यौता असुल गर्नुपर्ने भन्दै सहमति माग्नु भएको थियो ।

पत्रमा महसुल नबुझाउने उद्योग व्यवसायीहरु विद्युत् लाइन काटि निर्बाधरुपमा बक्यौता महसुल असुल उपर गर्न मार्गप्रशस्त गरिदिनु हुन अनुरोध गरिएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशक बाट बर्खास्त गर्दे हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।